माघ १३ र १४ गते प्रथम प्रोफेसनल राष्ट्रिय हाप्किडो प्रतियोगिता २०७९ नेपालगन्जमा

शाख न्यूज    प्रकाशित: २०७९-९-२६ गते   ४७० पटक हेरिएको

मेराज सल्मानी 

नेपालगन्ज २६ पुस - नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा बाँके जिल्ला हाप्किडो संघको सहकार्यमा प्रथम प्रोफेसनल राष्ट्रिय हाप्किडो प्रतियोगिता २०७९ हुने भएको छ । मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा स्थित सभा हलमा पत्रकार सम्मेलन गरिएको थियोे । 

आयोजित  पत्रकार सम्मेलनमा हाप्किडो खेल स्थानीय तहको स्कुल-स्कुल देखि प्रशिक्षण गर्दै आएका छौँ साथै देशभरिका ७५ हजार खेलाडीहरु हाप्किडो खेलमा आबद्ध रहेको नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्तीमगरले जानकारी दिएका छन । यो खेललाई ओलम्पिकमा लैजाने तयारी समेत गरिरहेको केन्द्रिय अध्यक्ष मगरले बताएका छन् । उनले भने "हाप्किडो  कोरियन परम्परागत मार्शल आर्ट्स खेल बिधा हुनाले आत्मरक्षाका लागि पनि महत्वपूर्ण भएकाले विश्वभरी नै खेलिन्छ । "

सो खेल २०७९ माघ १३ र १४ गते दुई दिन सम्म नेपालगन्जको रंगशालामा हुने प्रतियोगिता संयोजक रबि सुनारले जानकारी दिएका छन । सो खेल प्रतियोगितामा सातै प्रदेशका प्रदेश टिम अन्तर्गतका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । 

उक्त राष्ट्रिय प्रतियोगितामा गाउँपालिका , नगरपालिका , जिल्ला र प्रदेशमा छनौट भएका खेलाडीहरुको सहभागिता हुने  आयोजक टिमले जानकारी दिएका छन । 

४०-४४, ४४-४८, ४८-५२, ५२-५६, ५६-६०, ६०-६४, ६४-६८, ६८-७२, ७२-७६, र ७६ देखि माथि तौल समुहका १०/१० वटा महिला र पुरुष दुबै सो खेलमा प्रतिस्पर्धा हुने संयोजक सुनारले बताएका छन । त्यस्का साथै फ्री तौल समूह अन्तर्गत सेल्फडिफेन्स,/ डेमोष्ट्रेसन, हाइफल, लङफल र विपन टेक्निकमा समेत प्रतिस्पर्धा हुने संयोजक सुनारले जानकारी दिए । 

सो प्रतिस्पर्धामा बिजेता हुने खेलाडीहरुलाइ सम्मान स्वरुप  नगद पुरुष्कार , प्रमाणपत्र र मेडल प्रदान गरि आयोजकले जानकारी दिएको छ ।

 उक्त प्रतियोगिता आयोजनाका लागि अनुमानित २० लाख जति खर्च लाग्ने केन्द्रिय अध्यक्ष मगरले जानकारी दिएका छन । खेलाडीहरुलाइ ब्यवसायिक बनाउने उद्धेश्य सहित क्षमता अभिबृद्धीको लागि यो प्रतियोगिता आयोजना गरिएको सम्मेलनमा उनले बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech