नेपालगन्जमा दादुराको प्रकोप तिब्रगतिमा बृद्धि १ हजार २ सय ५८ बालबालिकालाई लगाईयो खोप

शाख न्यूज    प्रकाशित: २०७९-९-२४ गते   २५९ पटक हेरिएको

नेपालगन्ज २४ पुष - नेपालगन्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो । खजुरा गाउँपालिकामा दुई जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगन्जमा भने संक्रमण बढ्दो छ ।

नेपालगन्जमा हालसम्म ७६ जना दादुरा संक्रमित बालबालिका भेटिएको छ। नेपालगन्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगन्जका वडा नम्बर ५, ७ र ८ का १ हजार २ सय ५८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech