नेपालगन्ज २३ पुस - नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं बार्षिक साधारणसभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । साधारण सभाले युथ टुडे न्युज डट कमका सम्पादक तथा प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खान लाई ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कारबाट सम्मान गरेको छ । पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आएका छन् ।
त्यसैगरि बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ प्रेम बिश्वकर्माले पाएका छन । विभिन्न क्षेत्रमा कलम चलाउने दर्जनौं भन्दा बढी पत्रकारहरु समेत सम्मानित भएका छन । उनी साल्भेसन मिडिया प्रा.लि. द्वारा संचालित रेडियो मर्निङ स्टार ,गुडन्युज साप्ताहिक पत्रीका , गूडन्युज खबर डटकममा बिगत लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आएका छन ।
बिगत लामो समय देखि चर्चामा आइरहेको २४ जना थप साधारण सदस्यहरुलाइ आलटाल गरिएको छ । उक्त सम्बन्धलाई लिएर समिति समेत बनाउने काम भयो तर प्रष्ट तरिकाले कुनै किसिमको टुंगो लागेको छैन । जसले गर्दा सदस्यता प्राप्त गर्ने प्रक्रिया र पत्रकारिता पेशामा समेत हलचल मच्चिएको छ । जस्ले गर्दा सदस्यता नयाँ भर्नु पर्ने हो कि त्यही कायम हुने हो भन्ने बिषयमा शंका उत्पन्न भएको छ ।
थप २४ जना साधारण सदस्यहरु मध्ये १ जना पत्रकारको निधन समेत भएको छ भने बाँकी २३ जना पत्रकारको साधारण सदस्यहरुको बारेमा कुनै किसिमको निचोड आएको छैन । शैक्षिक योग्यता पुगेका सक्षम र सक्रिय भएर पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारहरुले पत्रकार महासंघको सदस्यता पाउने नपाउने भन्ने बिषयमा अन्यौलता सिर्जना भएको छ । थप २३ जना मध्ये एक जनाले भने अब त महासंघको सदस्यता प्राप्त गर्नका लागि संगठनमा आबद्ध हुनुपर्ने बाध्यात्मक परिस्थिति आउन थालेको बताएका छन । जसले गर्दा स्वतन्त्ररुपमा पत्रकारिता क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको भबिष्यमाथी राजनीतिकरण हुने हो कि भन्ने भ्रम पैदा भएको समेत बताएका छन । उनले भने विभिन्न बहाना बनाउदै हामिहरुलाई बन्चित बनाउने कार्य भइरहेको तर्क दिएका छन ।
उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले सदस्यता शुद्धिकरणमा ठोस निर्णय लिएर अघि बढ्न शाखालाई निर्देशन दिएका छन । शाखा अध्यक्ष दामोदर भण्डारीको अध्यक्षमा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्षहरु प्रेम केसी, लियाकत अली, रुद्र सुवेदी, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकासराज न्यौपाने, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले जिम्मेवारपूर्ण पत्रकारिता अहिलेको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नरेन्द्रजंग पिटर, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशील पत्रकार संघका अध्यक्ष तिलक गाउँले, पुरस्कार छनौट समितिका संयोजक एवम् पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष हेमन्त कर्माचार्य लगायतले बोलेका थिए ।
कोभिड महामारीमा पत्रकारहरुलाई स्वास्थ्य सेवा एवम् परामर्श प्रदान गरेका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.सुभाष योगीलाई सम्मान गरिएको छ । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाका स्वास्थ्य परामर्शदाता समेत हुन् । यस्तै बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार प्रेम केसी सम्मानित भएका छन् ।
विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार-रामप्यारी पत्रकारिता पुरस्कार, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार मिसन टुडे दैनिक, जी नेपाल टेलिभिजन र विनोेद गौतमलाई प्रदान गरिएको छ । यस्तै रेजिना मल्ललाई रामकली-चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार कृष्ण खनाललाई, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सबै पुरस्कारको राशी जनही ५ हजार रहेको छ ।
यस्तै अग्रजहरुलाई पनि शाखाले सम्मान गरेको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुकेलाई सम्मान गरिएको छ । यस्तै विभिन्न पुरस्कार र अक्षयकोष स्थापना गरेका व्यक्तित्व र प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको छ ।
त्यस अवसरमा आमाद्वय रामकली र चन्द्रकला कुर्मीको नाममा रामकली-चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका डा.कौशलकुमार बर्मा, आफ्नी आमा बेलमति शर्माको नाममा बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका जीवन शर्मा, आफ्ना पति सूर्यनाथ गौतमको नाममा सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरेकी सुशिला गौतम, आफ्नी श्रीमती माधवी शर्माको नाममा माधवी शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका गोपाल बैरागी तथा आफ्ना बुवा राम आधार र आमा रामप्यारी बर्माको नाममा राम आधार-रामकली पत्रकारिता पुरस्कार स्थापना गरेका माधवराम बर्मालाई सम्मान गरिएको छ । यस्तै आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताललाई समेत सम्मान गरिएको छ ।
शाखा उपाध्यक्ष संगिन शर्माले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सविच कमल डाँगीले गरेका थिए । साधारण सभाले सचिव कमल डाँगीको सांगठनिक र कोषाध्यक्ष विनोद पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ