बर्दिया बार एसोसिएसनमा पाण्डे सर्वसम्मत चयन

शाख न्यूज    प्रकाशित: २०७९-९-१८ गते   २४५ पटक हेरिएको

बर्दिया १८ पुस - सोमबार सम्पन्न बर्दिया जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनले अधिवक्ता कमल प्रसाद पान्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।  अधिवेशनले उदयमणि आचार्य उपाध्यक्ष, दिवाकर खनाल सचिव, सुरत बहादुर चौधरी कोषाध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ । 

अधिवेशनले विश्वनाथ  श्रेष्ठ, देवेन्द्र राज सिग्देल, गोपाल रेग्मी,गोपाल पोख्रेल,  बृजमोहन चौधरी, विष्णु प्रसाद पान्डे, ठाकुर सिंह थारू, कमल प्रसाद गुप्ता सदस्य  सदस्य र वसुन्धरा ज्ञवालीलाई महिला सदस्यमा चयन गरेको छ। केन्द्रीय  पार्षदमा क्रमश ः देविदत्त देवकोटा, खडानन्द तिवारी, काशिराम चौधरो, लक्ष्मी नेपाल र जीवन कुमार शर्मा लाई  सर्व सम्मत  निर्विरोध  रूपमा  चयन गरेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech