नेपालगन्ज २१ साउन - नेपालगन्ज उपमहानगरपालिका ५ मा वडाको बिकास निर्माण, पुर्बाधार निर्माण ,उत्पादनमूलक कार्य लगायत स्थानीय विकासको लागि र सेवा सुबिधा प्रदान गर्नका लागि सदैव इमानदारीका साथ समझदारीपुर्वक जिम्मेवारी वहन गरिरहेको वडा सचिव इन्द्रबहादुर केसीले दाबी गर्नुभयो । समृद्ध वडा निर्माणका लागि सडक, गत वर्षमा छनौट भएका वडा अन्तर्गतका बाटोहरुमा पिपिसी ढलान, नाला निर्माण, बिकासका कार्यहरु पुरा भएका छन् साथै बिद्यालयको भवन निर्माण, जस्ता भौतिक पुर्वाधारहरुको निर्माण कार्य पनि सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । जसले गर्दा वडावासी सन्तुष्ट रहेका छन् केसीले भन्नुभयो ।
गत बर्ष चैत ११ देखि चलेको लकडाउनले यहाँका वडावासीहरु पनि कष्टकर जिवन बिताइरहेका छन् । कोरोना भाइरसको जोखिममा रहेका ज्यालादारीमा काम गर्ने मजदुर , आर्थिक अवस्था कमजोर भएकाहरुको लगत संकलन गरि उच्च स्तरीयको मुल्यांकन गरि राहत वितरण गरेका थियौ ।
वडामा जनशक्ति व्यवस्थापनमा जोड दिनुुका साथै कृषि ,स्वास्थ्य , शिक्षा , खेलकुद , जस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राखिएको समेत उहाँले जोड दिनुभयो । बिपद जोखिममा रहेका लाई बिशेष प्रकारको योजना निर्माण गरेर सो को कर्यान्वयनका लागि अहोरात्र खटिएका छौं । वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय बीच सामन्जस्यता र समन्वय कायमै रहिआएकोले वडावासीहरुलाई सेवा प्रवाह गर्नमा कुनै किसिमको रोकावट तथा हस्तक्षेप नभएको के. सि. ले जानकारी दिनुभयो । साथै आएका कामहरू नियम, कानुन , प्रक्रिया तथा बिधिवत रुपमा पूरा गरिरहेका हुन्छौं । चालु आर्थिक वर्षका योजना निर्माण गरि नगरपालिकामा पेश गरेको जानकारी पनि दिनुभयो ।
उहाँ भन्नुहुन्छ आफुले पाएको जिम्मेवारी कसैको दवावमा नरही वडावासीको हकहित तथा अधिकार र उहाँहरुले पाउनुपर्ने सेवा सुविधा प्रदान गर्न सदैव तत्पर रहने छु ।