सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि   बाँकेवासीको साथ आवश्यक - एसपी राठौंर

शाख न्यूज    प्रकाशित: २०७९-९-१४ गते   ३२६ पटक हेरिएको

नेपालगन्ज १४ पुस - यही पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेको प्रहरी प्रमुखका रुपमा सन्तोषसिंह राठौरलाई काज सरुवा गरेको थियो । जिल्ला प्रहरी बाँकेको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) राठौरले इमान्दारीपूर्वक र कर्तब्यनिष्ट भएर कार्य गर्ने बताएका छन् । बिहीबार  पत्रकारहरुसंग अन्तरक्रिया गर्दै प्रहरी प्रमुख राठौरले बाँकेवासीलाई शान्ति सुरक्षामा कडाई गरिने बताएका छन । 

प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बाँकेवासीलाई शान्ति सुरक्षा अमनचयनको महसुस गराउने गरि सुरक्षामा निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन । केही समय अघि मात्र जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख भई आएका  एसपी राठौरले बाँके जिल्ला मेरो लागि नयाँ भएको हुनाले सबैको सहकार्य आवश्यक रहेको जानकारी गराएका हुन  । सुरक्षा चुनौतीबारे अध्ययन गरेर सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि   बाँकेवासीको साथ आवश्यक रहेको एसपी राठौंरले जनाएका छन ।

खुल्ला सिमानाका कारण भारतबाट हुने अपराधी नियन्त्रण र नदीजन्य बस्तु अवैद्य निकासी रोकथाममा पहिलो प्रथामिकता रहने उनले बताएका छन ।  बाँकेको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतका कुरामा राठौर को अग्नी परिक्षा हुने देखिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech