बाँके ४ पुस - राप्ती सोनारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पुर्याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ ।
गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी ५ बिनौनाका आशाराम थारुलाई एक थान ल्यापटप हस्तान्तरण गरेकि हुन् ।
उक्त ल्यापटपमा दृष्टिविहिनले चलाउन सक्ने गरी सफ्टवयर राखिएको छ । भुवर भवानी माध्यामिक बिद्यालय बिनौना, मंगलप्रसाद माध्यामिक बिद्यालय नेपालगन्ज हुदै उनी अहिले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातक तह अध्ययन गर्छन् ।
बिपन्न परिवारका थारु दृष्टिविहीन हुन् । ब्रेनलिपीको साहयतादेखि अध्ययन गर्दै आएका उनलाई कम्प्युटर आवश्यक परेपछि उनलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले एक थान ल्यापटप वितरण गरेको उपाध्यक्ष मनिषा सिंह थारुले बताइन । गाउँपालिकाले जेहेन्दार र विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृतिको साथै विभिन्न खाले सहयोग पनि गर्दै आएको छ ।
दृष्टिबिहिनलाई ल्यापटप वितरण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेट समेत विनियोजन गरेको थियो ।