नेपालगन्ज ०२ पुस - एकता आमा समुहद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न टोलहरुमा सरसफाइ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ काे राधाकृष्ण मन्दिर ,एकता नगर टाेल हुदै बाइपास राेड टोलको मुल सडक दायाँ बायाँ दुवैतर्फ सरसफाइ गरिएको छ । एकता आमा समूहमा आवद्ध महिलाहरुले आफ्नो टोल क्षेत्रलाई सफा बनाई नमुना टोल बनाउने उद्देश्य रहेको समुहले जनाएको छ ।
विशेष सरसफाई अभियान शनिबार नेपालगन्ज वडा नम्बर ४ को राधाकृष्ण मन्दिर देखि बाइपास राेडकाे चाैक सम्म विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ। उक्त अभियानमा सहभागी सबैलाई एकता आमा समुहकी अध्यक्ष मेनुका बमले धन्यवाद का साथै आभार प्रकट गरिकी हुन । "हाम्रो वडा राम्रो वडा" बनाउने अभियानको पहिलो खुड्किलो सरसफाई भएकोले टाेलस्तर बाटै बिशेष सरसफाइ अभियान संचालन गर्नुपर्ने अध्यक्ष बमले बताइन् ।
सरसफाइ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष गाेपाल पुनले नागरिकको स्वास्थ्यसंग जोडिएको विषय सरसफाई भएकाले यसलाई प्रभावकारी बनाउने बताएका छन ।
कुनै पनि समस्या आइपरे जनप्रतिनिधिहरुलाई भन्नुहोस, जनप्रतिनिधिहरुबाट पूर्ण साथ रहने पुनले बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताले अनुभूतिहुने गरी काम गर्नु पर्ने वडा अध्यक्ष पुनले जनाएका हुन ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेस कमिटी सह-सचिव अकल बहादुर बमले आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुराेध समेत गरेका छन् । उक्त सरसफाइ कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेस कमिटी सह-सचिव अकल बहादुर बम,सदस्य नविन शर्मा ,नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष गाेपाल पुन, एकता आमा समुह टाेलबासी,जनप्रतिनिधि,समाजसेवी ,राजनीतिकदल,युवा,अभियानता,कार्यालयका प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेकाे थियोे ।