चरेससहित भारतमा नेपाली महिला पक्राउ

शाख न्यूज    प्रकाशित: २०७९-८-२७ गते   ३३७ पटक हेरिएको

नेपालगन्ज २७ मंसिर - भारतमा नेपाली महिला लागूऔषधसहित पक्राउ परेकी छिन् । नेपालगन्ज  उपमहानगरपालिका वडा नम्बर २ की सुस्मिता शाही १ किलो ४७५ ग्राम चरेशसहित सीमावर्ती भारतीय बजार रुपैडिहामा पक्राउ परेकी हुन् । 

रुपैडिहाका थाना प्रभारी निरीक्षक अपराध शाखाका ब्रम्ह गौड, नगर इञ्चार्ज बरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंह र एसएसबीको संयुक्त टोलीले शाहीलाई सोमवार राती १ बजे पक्राउ गरेको रुपैडिहा प्रहरीले जनाएको छ ।

करिब ७० लाख भारतीय मूल्य पर्ने उक्त चरेशसहित पक्राउ परेकी शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार बहराइच चलान गरिएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech