नेपालगन्ज कारागारका १३ जनामा कोरोना

शाख न्यूज    प्रकाशित: २०७७-४-२० गते   २९९ पटक हेरिएको

नेपालगन्ज २० साउन - बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै  वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनिहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वाव संकलन गरी भेरीमा परिक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन । संक्रमित प्रहरी र कैदीलाई कृषि तालिम केन्द्र खजुराको आईसोलेशनमा राख्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनुभयो । मंगलबारको परिक्षणमा दाङ लमही ५ का ३५ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech