नेपालगन्ज - कम्प्युटर एसोसियसन नेपाल क्यान महासंघ बाँकेको १४ औं वार्षिक साधारण सभा तथा १० औं अधिबेसन नेपालगन्जमा सम्पन्न भएको छ ।
कम्प्युटर एसोसिएसन बाँकेको १४ औं बार्षिक साधारण सभा क्यानका केन्द्रिय उपाध्यक्ष रेशम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
क्यान महासंघ बाँकेका अध्यक्ष रमणी प्रशाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि क्यानका केन्द्रिय सदस्य नविन जोशी, क्यान महासंघका केन्द्रिय सदस्य धु्रबराज शर्मा, पुर्व अध्यक्षहरु ईश्वर पोखरेल, संजय थापा जितेन्द्र कुमार जोशी, भुपाल गिरी , लम्बीनि प्रदेशका अध्यक्ष कृष्ण वलि लगायतका अतिथी रहेका थिए ।
सूचना तथा प्रविधिसँग आवद्ध व्यवसायीहरुमा आइपर्ने समस्या समाधानको लागि शाखा केन्द्रित रहने जिल्ला अध्यक्ष रमणी प्रशाद शर्माले बताएका छन । साधारण सभामा सचिव दिपक खडकाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष उपमा रेग्मीले प्रस्तुत गरेको अर्थिक प्रतिवेदनसमेत पारित गरेको थियो। साथै नयाँ नेतृत्व समेत चयन गरिएको हो । उक्त कार्यक्रममा मायाको चिनो तथा सम्मान पनि गरिएको थियो ।
कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँके शाखाको अध्यक्षमा शिशिर नारायण श्रेष्ठ अत्यधिक मतका साथ निर्वाचित भएका थिए । १४ औं वार्षिक साधारण सभा तथा १० औं अधिबेसनले सर्वसम्मत रुपममा चयन गर्ने बिषयमा बिवाद सिर्जना हुन थालेपछी निर्वाचन गरिएको थियो । जिल्ला शाखाको बरिष्ठ उपाध्यक्षमा दिपक खडका, उपाध्यक्षमा यज्ञराज जोशी , सचिवमा ओष्कर थापा , सहसचिवमा दिपेश महतो , र कोषाध्यक्षमा जिता कुमारी रावत चयन भएका छन् । यस्तै सदस्यहरुमा बिष्णु कँडेल, उमेश शर्मा , निशान्त कुमार शाक्य, चन्द्र प्रकाश तिवारी, रमेश बि.सी., र भुपराज भण्डारीलाई सदस्यमा रहेका छन । कार्यसमिति सदस्य, संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीको समेत उपस्थिति रहेको थियो।