संर्घष दलित महिला सहकारीद्वारा १६ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-८-१६ गते   ४५७ पटक हेरिएको

कोहलपुर १६ मंसिर - बाँकेको कोहलपुर नगरपालिका २ स्थित संर्घष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जानकी बिक चयन भएकी छिन । शुक्रबार सम्पन्न भएको संस्थाको १६ वार्षिक साधारणसभा बाट बि क अध्यक्षमा चयन भएकी हुन । बि क को अध्यक्षतामा ११ सदस्यीय कार्य समिति समेत चयन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा सिता कुमारी बि क सचिवमा गीता देवी सुनार, कोषाध्यक्षमा टिका कुमारी बि क चयन भएका छन । त्यस्तै सदस्यहरुमा शोभा बैगार, गीता चदारा, दिलसरा सुनार ,पार्वती बि क चयन भइका छन भने बाँकी ३ जना सदस्य मनोनित गरिने संस्थाकी व्यवस्थापक तुलसी सुनारले जानकारी दिइन ।

सभाको उद्घाटन सत्रको कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले सहकारीले दलित महिलाहरुलाई एकिकृत गर्दै सचेतना प्रवाह गर्दै गएकोमा सहकारीको काम प्रति आफु प्रभावित भएको बताए । आफुले सहकारीको भावनालाई सम्बोधन गनर््पर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष पे्रम सुवेदीले महिलाहरु सहकारीमा आवद्ध भ्रएर साडी मात्र नफेरेर जीवन समेत फेर्नुपर्ने बताए । महिला दिदिबहिनीहरु धेरै सहकारीमा आवद्ध भएर धेरै साडी फेर्नु भन्दा एउटै सहकारीमा आवद्ध भएर जीवन फेनुहोस सुवेदीले भने सभामा संस्थाकी सचिव तिला वि कले वाषिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा महत्वपुर्ण गतिविधी बारे जानकारी गराएकी थिइन ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष टिका कुमारी बिकले आर्थिक वर्ष २०७८÷२०७९ को १२ करोड ४३ लाख ९१ ह्जार ८ सय ६२ रुपैयाको संस्थाको पुजी तथा दायित्व विवरण प्रस्तुत गरेकी थिइन भने संस्थाको कुल आम्दानी १ करोड ७५ लाख ४२ हजार ९ सय ४६ र कुल खर्च १ करोड ५९ लाख ४४ हजार ८ सय १३ देखिएको छ भने संस्थाको खुद नाफा १५ लाख १८ हजार २ सय २६ रुपैया रहेको छ । साधारणसभामा उत्कृष्ट २ जना उद्यमी महिला ३५ जना जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दलित सेवा संघका केन्द्रिय संस्थापक अध्यक्ष मोतिलाल नेपाली दलित सेवा संघका बाँके अध्यक्ष कृष्ण बहादुर बि क , कोहलपुर नगरपालिका समाजिक विकास समितीका संयोजक ईश्वरी बि क शेयर सदस्यहरु विभिन्न संघसस्थाका प्रतिनिधि संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech