सोफिया रेजिडेन्सियलले मनायो १६ औं बार्षिक उत्सव

शाख न्यूज    प्रकाशित: २०७९-८-१५ गते   ३१५ पटक हेरिएको

नेपालगन्ज १५ मंसिर - शोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले प्रत्येक बर्ष बार्षिक उत्सव, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ । 

शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले बिहीवार १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रम सम्पन्न गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई शोफियाले यस बर्षदेखी फेरी निरन्तरता दिन थालेको हो ।

स्कुलका संस्थापक प्रिन्सीपल के.बी.बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको छ, भनी शुभकामना दिर्दै विद्यार्थी भाईबहिनीको भविष्य उज्वल होस । उपमहानगरपालिकाको चाहना पनि यही रहेको बताएका छन । 

स्कुलका संस्थापक प्रिन्सीपल के.बी.बसेलले २० बर्ष अगाडि आफुहरुले सोचेको योजना, जुन थोरै लगानीमा नेपालगंजमै अन्र्तराष्ट्रिय स्तरको शिक्षा दिन सकीयोस भनेर सन २००४ बाट शुरु भएको प्रयास सफल हुदै गएको बताएका छन । ‘अहिले पनि हामी जग निर्माणमै छौं । आगामी बर्षदेखी कक्षा ११ को कक्षा पनि शुरु गर्ने योजना छ । तपाईहरु सबैको प्रयासले आजको कार्यक्रम पनि सफल भयो , अभिभावकको उपस्थितीले विद्यार्थीको उत्साह बढेको मैले महसुस गरेको छु ’ उनले बताएका छन । 

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० स्थित विद्यालय प्राङ्गगणमा आयोजित १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रममा बर्ष उत्कृष्ट विद्यार्थी, विभिन्न प्रतिभा लगायतका विधामा सफल हुने विद्यार्थीलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

शोफिया स्कुलमा अहिले कक्षा १० सम्म पढाइ हुदै आएको छ । उपस्थित आफना अभिभावक, शिक्षक, शिक्षिका र अतिथी वर्ग सामु स्कुलका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक पहिचान, विविधता झल्कीने खालका पोषाकमा सजिएर नृत्य, गीत, नाटक, कविता लगायतका प्रस्तुती राखेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech