कंचनपुर ८ मंसिर - निर्वाचन क्षेत्र १(ख)मा नेपाली काँग्रेसका नेता दिवान सिह विष्ट निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका नेता पल्लवराज भट्टलाई ९ सय १७ मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । विष्टले ८ हजार ५२०, भट्टले ७ हजार ६०३ मत ल्याएका थिए । त्यसैगरी निर्वाचन क्षेत्र १ (क) मा नेकपा एमालेका वीरबहादुर थापा (पातल) निर्वाचित भएका छन । उनी १२ हजार तीन सय ५९ मत ल्याउँदै निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ मत पाए ।