बाँके - ३ मा राठौर र ३(२) बाट कुर्मी निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-८-८ गते   २७९ पटक हेरिएको

बाँया किशोर सिंह राठौर / दाँया बादसाह कुर्मी

नेपालगन्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्  । उनी  ४७९३ मतान्तरले निर्वाचित भएका हुन्  । राठौर २९०४० मतका साथ निर्वाचित भएका छन्  । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका किष्मत कुमार कक्षपतिले २४२४७ मत प्राप्त गरे । 

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित भएका छन्  । कुर्मी २४८३ मतान्तरले निर्वाचित भएका हुन्  । कुर्मी १३४३३ मतका साथ निर्वाचित भएका छन्  । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका भिमबहादुर वलीले १०९५० मत प्राप्त गरे ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech