कंचनपुर - २ (क) र (ख) मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी

२ (क) नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट (सरल) र क्षेत्र २(ख) प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार बहादुर सिह थापा

शाख न्यूज    प्रकाशित: २०७९-८-७ गते   ५७३ पटक हेरिएको

बाँया ओम विक्रम भाट (सरल) / दाँया क्षेत्र २(ख) बहादुर सिह थापा

कंचनपुर ७ मंसिर - कंचनपुर निर्वाचन क्षेत्र २ (क) देश सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट (सरल) निर्वाचित भएका छन । माओवादी नेता सरलले निकटतम प्रतिद्वन्दी एमाले नेता बचन बहादुर सिहलाई ४ सय ७५ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन । भाटले १० हजार ९ सय २५ र सिहले १० हजार ४ सय ५० मत ल्याएका थिए ।  

कञ्चनपुर निर्वाचन क्षेत्र २ (ख) प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार बहादुर सिह थापा निर्वाचित भएका हुन । काँग्रेस महाधिवेशन प्रतिनिधी थापाले निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई १ हजार ७ सय २६ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन । थापाले १० हजार ६ सय ६८, रानाले ८ हजार ९ सय ४२ ल्याएका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech