नेपालगन्ज वडा प्रहरी कार्यालय ‘सिल’

शाख न्यूज    प्रकाशित: २०७७-४-२० गते   ४३२ पटक हेरिएको

नेपालगन्ज २० साउन- ६ जना प्रहरीमा कोरोना भाइरस पुष्टि भएपछि नेपालगन्ज वडा प्रहरी कार्यालयलाई सिल गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालयलाई सिल गरिएको हो ।
मंगलबार आफ्नो कार्यालयका ६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालयलाई सिल गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरीबहादुर बस्नेतले जानकारी गराउनुभयो ।
मंगलबार बेलुका आएको रिपोर्टमा कारागारका ७ कैदी तथा वडा प्रहरी कार्यालयका ६ प्रहरी गरी १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर, जिल्ला स्वास्थ्य कार्यालयले भने ५ जना प्रहरी कारागारका र १ जना प्रहरी वडा प्रहरी कार्यालयको भएको बताएको थियो ।
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech