झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओली विजयी

शाख न्यूज    प्रकाशित: २०७९-८-७ गते   ३२५ पटक हेरिएको

झापा  ७ मंसिर -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष ओली साढे २८ हजार मतान्तरले विजयी भएका छन्। झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech