बर्दिया १ (क) मा भुवनेश्वर चौधरी विजयी

शाख न्यूज    प्रकाशित: २०७९-८-७ गते   २९३ पटक हेरिएको

बर्दिया ७ मंसिर -  निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी भएका छन्। 

नेकपा एमालेका शालिकराम अधिकारीलाई १ सय १९ मतले पछि पार्दै चौधरी विजयी भएका हुन्। चौधरीले १७ हजार २६ र अधिकारीले १६ हजार ९ सय ७ मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारुले ११ हजार ९ सय १ मत पाए।  

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech