बाँके क्षेत्र नं २ मा राप्रपाका राणा बिजयी

शाख न्यूज    प्रकाशित: २०७९-८-७ गते   २४६ पटक हेरिएको

नेपालगन्ज ७ मंसिर  - बाँके प्रतिनिधी सभा क्षेत्र  नम्बर २ मा राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणा निर्वाचित भएका छन् । डा. राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रहेका पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतको अन्तरले हराउँदै राणा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । राईले २३ हजार ५ सय २० मत प्राप्त गरे । 

सबैभन्दा बढी मत प्राप्त गर्ने राणालाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको उनले बताए । दुई दिनसम्म लगातार चलेको मतगणनाको अन्तिम परिणामबाट राणा निर्वाचित भएका हुन् । यस्तै नेपाली काँग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोदकुमार अग्रहरीले १ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech