नाम पनि 'नमुना' काम पनि 'नमुना'

शाख न्यूज    प्रकाशित: २०७९-८-१ गते   २६३ पटक हेरिएको

नेपालगन्ज १ मंसिर - बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) बाट   सहयोगी र बिकासप्रेमी  गठवन्धनका उम्मेदवार कृष्ण केसी (नमुना)को जित निश्चित जस्तै बनेको छ। आउँदो आइतबार अर्थात मंसिर ४ गते हुने निर्वाचनमा गठवन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार  नमुनाले यसअघि गरेको बिकासका कारण क्षेत्र नम्बर १ को राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले  जिताउन लागि परेका छन् । 

बाँकेको बघौडा भनेर चिनिने नरैनापुरको विकासका लागि नमुनाले गरेको सर्हानिय कार्यका कारण नरैनापुरवासीले नमुना बाहेक अरु उम्मेदवार योग्य र सक्षम नभएको बताउछन् । उम्मेदवार  नमुनाले जनप्रतिनिधि हुँदा र नहुँदादेखि नरैनापुर, राप्तीसोनारी लगायत जिल्लाको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको राप्तीसोनारी र नरैनापुरका  मतदाताहरुको भनाइ छ ।

जटिल अवस्थाबाट गुज्रिएको नरैनापुरको अन्धकारलाई नमुनाले  विद्युतीकरण गर्न र जिल्ला सदरमुकाम नेपालगन्जसँग सडक सञ्जालले जोड्न उनले अगुवाइ गरेकी थिइन् । ‘नमुना मर्दादेखि पर्दासम्म हामी जनताकै साथमा हुनुहुन्छ,’ नरैनापुरका असिज खाँले भने, ‘अरु उम्मेदवार चुनावमा भोट माग्न मात्र आउँछन् । चुनाव सकिएपछि कहिलै गाउँमा फर्किँदैनन् । तर नमुना दुःख पीडा हुँदा र खुसी हुँदा जनताकै साथमा हुनुहुन्छ ।’ 

विकासवादी नेतृलाई हामीले चुनावमा जिताउनै पर्ने यहाँका मतदाताले जनाएका छन् । नमुनाले यसपालिको चुनाव नजिते पुनः राप्तीपारि पछाडि पर्ने उनीहरु बताउँछन् । राप्तीपारिको समृद्धि र विकासका लागि यसपालि नमुनाको विकल्प अरु नभएको यहाँका मतदाताको भनाइ छ । नाम पनि नमुना र काम पनि नमुना भएकै कारण  राप्तीसोनारी र नरैनापुरवासी यसपटक पनि नमुना रोज्दै उनलाई जिताउन आतुर रहेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech