कोहलपुरको प्रेस संयोजकमा ढकाल नियुक्त

शाख न्यूज    प्रकाशित: २०७९-७-४ गते   ३०८ पटक हेरिएको

नेपालगन्ज ०४ कार्तिक - पत्रकार प्रियास्मृति ढकाल बाँकेको कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा नियुक्त भएका छन्  । गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले पत्रकार ढकाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो । 

करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको  कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुन् । 

कोहलपुर नगरपालिका-९ का स्थायीबासी पत्रकार ढकालले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको  कार्यकालमा तत्कालीन जिल्ला  विकास समितिमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech