बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु

शाख न्यूज    प्रकाशित: २०७९-६-२४ गते   २७४ पटक हेरिएको

नेपालगन्ज २४ असोज - बाँकेमा अविरल वर्षासँगै परेको  चट्याङबाट  एक जनाको मृत्यु भएको छ। 
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का  ६८ बर्षिय कालिबन बस्नेतको चट्याङ लागेर मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

आइतबार  दिउँसो साढे १२ तिर  बस्नेत आफ्नो घर देखी २किलोमिटर  उत्तर जंगल गाई चराउन गएको अवस्थामा चट्याङ परी गम्भीर घाईते भएका थिए ।

गम्भीर  घाइते बस्नेतको नेपालगन्ज  मेडिकल कलेज नेपालगन्जमा उपचारको क्रममा आज बिहान साढे  ४  बजे मृत्यु भएको जिल्ला प्रहरी बाँकेले जानकरी दिएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech