नेपालगन्जका नगर प्रमुख विष्टलाई डेंगु संक्रमण

शाख न्यूज    प्रकाशित: २०७९-६-१४ गते   ३२१ पटक हेरिएको

नेपालगन्ज १४ असोज - नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ । 

डेंगु पुष्टि भएपछि बिष्ट अस्पताल भर्ना भएका छन् । बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि विष्टले विहिवार स्वास्थ्य जाँच गराएका थिए । उनी आज नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका छन् । 

विष्ट मेडिकल वार्डको १३३ नम्बर क्याबिनमा उपचाररत छन्  । उनलाई उच्च ज्वरो आएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech