नेपालगन्ज उपमहानगरपालिकाद्धारा बिहिबार रक्तदान कार्यक्रम आयोजना

शाख न्यूज    प्रकाशित: २०७९-६-१२ गते   ४७२ पटक हेरिएको

नेपालगन्ज १२ असोज  - "रक्तदान नै जीवनदान हो ” भन्ने उद्देश्यका साथ विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७९ को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रगतको अभावलाई मध्ययनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका बाँकेको आयोजनामा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम हुने भएको छ ।

बिश्वब्यापी रुपमा विभिन्न खालका रोगहरुका बिरामीहरुको कमी नभएको, सुत्केरी तथा जटिल खालका अपरेसनका लागी पनि रगतको पुर्वतयारी हुनुपर्ने अबस्थालाई मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान नै जिवन दान हो, मन बचन र कर्मले सेवा गरौँ भन्ने हेतुले यो अभियान सञ्चालन गर्न लागीएको आयोजकले जनाएको छ ।

साथै सो कार्यक्रममा जनप्रतिनिधि , स्वास्थ्यकर्मि , कर्मचारी , बुद्धिजीवी , सम्बन्धित निकायका सरोकारवालाहरु लगायत सर्बसाधारणहरुलाइ सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ । रक्तदान कार्यक्रम यहि असोज १३ गते बिहीबार बिहान ११ बजे हुनेछ । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech