बाँके, बाँके जिल्ला अदालतका ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला अदालतका पाँच जना कर्मचारीमा आइतवार कोरोना पुष्टि भएको हो ।
जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको भन्दै तीन दिन निषेधाज्ञा सुरु गरेको पहिलो दिन आइतबार नै अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको छ । त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ । अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको छ । कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको छ ।