नेपालगन्ज नाकामा दशैं मान्न घर फर्कनेको लर्को

शाख न्यूज    प्रकाशित: २०७९-६-८ गते   २५२ पटक हेरिएको

नेपालगन्ज ०८ असोज - दशैं तिहार नजिकिएसंगै रोजगारीका लागि भारत गएका नेपालीहरु घर फर्किने क्रम तीब्र बनेको छ । नेपालगन्ज नाका भएर दैनिक पाँच हजार नेपाली स्वदेश फर्किरहेका छन् ।

भारतबाट अहिले दैनिक झण्डै ५ हजार नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले हरेक दिन घर फर्किने नेपालीको सीमामा भीड लाग्ने गरेको बताए । भारतबाट फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि जमुनाहा सीमा नाकामा हेल्थ डेस्क राखिएको छ ।

लुम्बिनी र कर्णाली प्रदेशका  दाङ, रोल्पा, पूर्वी रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट हजारौँ युवाहरु काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गरेका छन् । घर फर्किएका अधिकांश युवाहरू चाडपर्व मनाएर फेरि पनि भारतमै काम गर्न जाने गर्दछन्  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech