निरन्तर सरसफाई अभियान चलाउँदै वडा नम्बर ४

शाख न्यूज    प्रकाशित: २०७९-६-८ गते   ३४९ पटक हेरिएको

नेपालगन्ज ०८ असोज - नेपालगन्ज उपमहानगरपालिका  वडा नम्बर ४ ले निरन्तर विशेष सरसफाई अभियान चलाइरहेको छ । आज एघारौं हप्तामा पनि सरसफाई अभियानलाई निरन्तरता दिइएको छ ।


विहान सल्यानीबंगला र एबिसी टोलमा सरसफाई गरिएको छ । वडा अध्यक्ष, सदस्य, वडाका अगुवा, टोलबासी मिलेर सरसफाई गरेका हुन् । नाला र सडकको फोहर संकलन गरेर ट्याक्टरमार्फत् विसर्जन गर्ने गरिएको छ । वडालाई सफा, स्वच्छ र हराभरा बनाउने उद्देश्य अनुरुप हरेक शनिवार विहान वडाका विभिन्न टोलहरु सरसफाई गर्ने कार्यक्रममलाई विशेष अभियानका रुपमा चलाइएको वडा अध्यक्ष गोपाल पुनले बताए ।स्वास्थ्य र सरसफाईलाई वडाले विशेष प्राथमिकता दिइरहेको छ, आफ्नो घर टोल सफा गर्ने कामको सुरुवात आफैंबाट गर्नुपर्दछ भन्ने सन्देश दिन हामीले प्रत्येक शनिवार विशेष सरसफाई अभियान चलाइरहेका छौं, वडा अध्यक्ष पुनले भने, जनचेतना जगाउँदै टोलबासीलाई सरसफाईप्रति जागरुक गर्ने हाम्रो उद्देश्य हो ।


वडा अध्यक्ष पुनले वडामा टोल सुधार समितिहरु गठन गर्ने कामको सुरुवात गरेको जानकारी गराउँदै विभिन्न २० वटा टोल सुधार समिति गठन गर्ने लक्ष्य राखिएको बताए । अहिलेसम्म ५ वटा टोल सुधार समिति गठन गरिसकेका छौं," उनले भने-"सबै गठन गरेर टोल सुधार समितिलाई सरसफाई अभियानमा क्रियाशील बनाउँछौं, उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान पनि गर्छौं । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech