तेजस्वी यादवलाई भेट्न नेपाल देखि भारतको पटना सम्म पैदलयात्रा: आनन्द शर्मा

शाख न्यूज    प्रकाशित: २०७९-५-१२ गते   ४३२ पटक हेरिएको

बारा १२  भदौ - मधेश प्रदेशका चर्चित पत्रकार तथा राजनीतिक एवं मिडिया प्रशिक्षक आनन्द शर्माले भारतको बिहार प्रदेशका उप मुख्यमन्त्री माननीय तेजस्वी यादव लाई भेट्न पटनासम्म पैदलयात्रा गर्ने भएका छन् ।

बारा जिल्ला स्थित देवताल गाउँपालिकाको वडा नम्बर ५ हाल कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वरिष्ठ पत्रकार/ एंकर आनन्द शर्माले नेपाल र भारतको राष्ट्रिय झण्डासहित कलैयाको भरत चौक बाट यहि मिति २०७९ भदौ १५ गते बिहान ६ बजेदेखि यात्रा सुरु गर्ने छ्न ।

मधेश प्रदेश र मधेशी समुदाय लगायत सिङ्गो देश नेपाललाई विश्वव्यापी चिनाउने, पर्यटन प्रवर्द्धन गर्ने, नेपालको गाडी बिहार प्रदेशको राजधानी पटना सम्म र बिहारको गाडी मधेश प्रदेशको राजधानी जनकपुर सम्म चल्ने वातावरण मिलाउन, नेपाल भारतको रोटीबेटि एवं जनजनको सम्बन्धलाई अझै बलियो बनाउन तथा तेजस्वी यादवको पुरै विश्वमा आफु एक्लो मात्र ठुलो फ्यान रहेको साबित गर्नको निमित्त लगभग १० देखि १२ दिन पैदलयात्रा गरि तेजस्वी यादव संग भेट्नको लागि पैदल यात्री शर्मा यादवको निजि घरमा नै जाने बताए ।

पत्रकार आनन्द शर्मा बिहारका उप मुख्यमन्त्री माननीय तेजस्वी यादव र यु पी का पुर्व मुख्यमन्त्री माननीय अखिलेश यादवको ठुलो फ्यान रहेका छ्न । तेजस्वी यादव संग भेटेर आएपछि समय मिलाएर अखिलेश यादव संग पनि भेट्न् जाने शर्माले बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech