काठमाडाैं, १५ साउन । सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको भाउ बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।
हिजाे बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ६५ रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । ।