वडा अध्यक्ष ओलीले गरे अति विपन्नलाई आफ्नो तलबको सामाग्री सहयोग

शाख न्यूज    प्रकाशित: २०७९-४-२७ गते   २५६ पटक हेरिएको

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ज्ञानेन्द्र राज ओली  (ज्ञानु) ले वडाका अति विपन्न तथा एकल महिलालाई राहत सामाग्री सहयोग गरेका छन् ।

मिलनसार एबम सहयोगी भावनाका वडा अध्यक्ष ओलीले रक्षावन्धन तथा जनैपुर्णिमाको अवसरमा आज आफुले पाउने एक महिनाको तलब भत्ता एबम  सेवा सुबिधाबाट पाउने रकम बराबर बापत राजपुरका अति विपन्न तथा एकल महिलालाई राहत समाग्री सहयोग गरेका हुन् ।

आफुले पाउने सेवा सुबिधाको रकम बराबर आज राजपुरका अति विपन्नलाई सहयोग गर्न पाँउदा खुशी लागेको वडा अध्यक्ष ओलीले बताए।  आगामी दिनमा पनि उनले यो कार्यलाई निरन्तरता दिने बताएका छन् । गरिव दुखीलाई आफुले गरेको सहयोगले उहाँहरुको लागि ठुलो सहयोग पुग्ने र आफुलाई पनि  खुशी मिल्ने अध्यक्ष ओलीले बताए।

वडा अध्यक्ष ओली यसअघिको वडा नम्बर २ को वडा सदस्य हुँदा पनि थुप्रै सामाजिक कार्य गरिसकेका छन् । उनले आफ्नै लगानीमा खेल मैदान मर्मत कार्य, मन्दिर निर्माण , कोरोना महामारीमा आफ्नै लगानीमा थुप्रै राहत सामग्री समेत वितरण गरेका थिए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech