प्रमुख प्रशासकीय अधिकृत खत्रीले पाए राप्तिसोनारिको जिम्मेवारी

शाख न्यूज    प्रकाशित: २०७९-४-१५ गते   २७० पटक हेरिएको

नेपालगन्ज १५ साउन - सल्यानको कालिमाटी गाउँपालिकाबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई राप्तीसोनारी गाउँपालिकामा  स्वागत गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले खत्रीलाई स्वागत गरेका थिए । 
नेपाल सरकारबाट पाएको जिम्मेवारी निजामती कर्मचारीले अनुशाशीत, इमानदारीताका साथ वहन गरिए स्थानीयबासी मन जित्न सकिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिएका छन् । साथै जनप्रतिनिधि, कर्मचारी , जनताको बिचमा पारस्परिक सम्बन्ध कायम भएमा बिकास निर्माण  , सेवाग्राहीलाई  चुस्त र दुरुस्त, छिटोछरितो रूपमा सेवा प्रदान गर्न सजिलो हुने  उनले बताएका छन । 
अध्यक्ष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech