दलित वर्ग उत्थान केन्द्रको शनिबार उद्धघाटन समारोह सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-४-१४ गते   ९४० पटक हेरिएको

कंचनपुर १४ साउन - दलित वर्ग उत्थान केन्द्रको शनिबार उद्धघाटन गरिएको छ । सो कार्यक्रम दलित वर्ग उत्थान केन्द्रका अध्यक्ष खडक एस.के. को सभापतित्वमा भएको थियो ।  बेदकोट नगरपालिका का नगर प्रमुख भोजराज बोहराको प्रमुख अतिथि र उप प्रमुख तुलसी जोशीको बिशिष्ट आतित्थतामा  कार्यालयको उद्धघाटन भएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले गरिबी, शोषण र अत्याचारको मारमा सबैभन्दा बढी परेको समुदाय दलित हो त्यसैले दलित समुदायको हकहितका लागि आफु लगायत नगरपालिका तर्फबाट सहायोगका लागि सदैव तत्पर रहने बताएका छन । 

त्यस्तै दलित समुदाय राज्यको मूलधारबाट पछाडि पारिएको हुँदा नयाँ खाका र योजनासहित अगाडि बढ्नका लागि उपप्रमुख जोशीले अनुरोध गरेकी छिन । केन्द्रका अध्यक्ष खडक एस.के.ले  उद्घघाटन समारोह सम्पन्न गर्दै दलित ऐतिहासिक कालदेखि राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य हिसाबले पछाडि पारिएको समुदाय भएकाले उनीहरूका हरेक समस्या समाधानका लागि स्थानिय तहको सहकार्य आवश्यक रहेको बताएका छन । सो समारोहमा  कार्यपालिका सदस्य कृष्ण राम भुल लगायत वडाका जनप्रतिनिधी , समाजसेवी , संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन तिलक बिश्वकर्माले गरेका थिए भने स्वागत मन्तव्य बिर बहादुर दमाईले राखेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech