एसएसपी विष्टले बिहीबार कार्यभार सम्हाले

शाख न्यूज    प्रकाशित: २०७९-४-१२ गते   २८० पटक हेरिएको

नेपालगन्ज १२ साउन — बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले  बिहीबार एक कार्यक्रमका विच कार्यभार सम्हालेका छन । एसएसपीमा बढुवा भएका विष्टलाई प्रहरी प्रधान कार्यालयले नेपालगञ्ज संघीय प्रहरी कार्यालयमा सरुवा गरेको थियो ।
नेपाल प्रहरी प्रदेश कार्यालय (संघीय प्रहरी इकाई कार्यालय) तत्कालिन अञ्चल प्रहरी कार्यालय नेपालगञ्जको प्रमुखमा एसएसपी विष्टलाई जिम्मेबारी दिईएको हो । एसएसपी विष्टले मातहतका कर्मचारीलाई जनताको सेवामा चुस्तदुरुस्त भई काम गर्न समेत  निर्देशन दिएका छन । 
एसएसपी विष्टले प्रहरी निरीक्षकदेखि हालसम्म विभिन्न स्थानका जोखिमयुक्त क्षेत्रमा कार्यभार सम्हालिसकेका छन ।


 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech