नेपालगञ्ज ५ साउन - नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ मा शिलालेखको विषयमा विवाद सिर्जना भएको छ । निवर्तमान वडा अध्यक्षसुवेदीको नेतृत्वमा आएको एक समूहले वडा कार्यालयको भित्तामा जबरजस्ती तोडफोड गर्दै शिलालेख राख्न खोज्दा बिहिवार तनाव उत्पन्न भएको हो ।
गुन्डागर्दी शैलीमा आएर कार्यालयको भित्ता तोडफोड गर्ने क्रममा मात्र जानकारी पाएको वडा अध्यक्ष तरुण बज्राचार्यले बताएका छन । उनले भने यसरी अराजकताका साथै मनोमानी ढंगले सरकारी सम्पत्तिको तोडफोड गरेको हुँदा आफू लागायत सम्पुर्ण वडावासीहरु तथा निर्वाचित जनप्रतिनिधिहरुलाई दुखित बनाएको समेत बताएका छन ।
सहमति नहुदै तयार पारिएका ३ वटै शिलालेख जिल्ला प्रहरी कार्यालय बाँकेको संरक्षणमा राखिएको छ ।