काठमाडौं उपत्यकामा थप ४८ जनामा संक्रमणको पुष्टि

शाख न्यूज    प्रकाशित: २०७७-४-१५ गते   ९१८ पटक हेरिएको

काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा थप ४८ जनामा कोरोना संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा मंगलबार मात्र एकै दिन ४५ संक्रमित थपिएका थिए । नेपाल प्रहरीको पछिल्लो २४ घण्टामा २९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
उपत्यकाको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४१, भक्तपुर ५ र ललितपुरका २ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका ५ र काठमाडौंका १९ संक्रमित फेला परेका छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा काठमाडौंका ४ जनामा संक्रमण पाइएको छ भने नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना संक्रमण पुष्टि भएको छ । उता स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा र ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।
योसंगै उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । काठमाडौंमा ३ सय ९१, ललितपुरमा ९२ र भक्तपुरमा ५३ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । आइसोलेनमा उपचाररत कोरोना संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ । सगरमाथा गन्तव्यबाट

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech