सुडामा ३ दिने बेमौसमी तरकारी वाली उत्पादन तालिम सुरु

शाख न्यूज    प्रकाशित: २०७९-३-१२ गते   ६६० पटक हेरिएको

कंचनपुर १२ असार — कृषि विकास शाखा बेदकोट नगरपालिकाद्वारा ३ दिने बेमौसमी तरकारी वाली उत्पादन तालिम सुरु भएको छ ।  आइतबार देखि असार १४ गते मंगलबार सम्म उक्त तालिम बेदकोट नगर कृषि शाखा सुडाको हलमा हुने भएको छ । 
बेदकोट नरपालिका वडा नं. ७ का वडा अध्यक्ष थानेश्वर प्रशाद भट्टको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा प्रमुख अतिथीमा रहेका थिए भने बिशिष्ट अतिथी बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशी रहेकी थिईन । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बेदकोट नरपालिका प्रमुख भोजराज बोहराले व्यवशायीक बन्न चाहने कृषकहरुका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताएका छन । कृषकको पक्षमा नगरपालिका रहेको हुनाले तालिममा सिकेका कुरालाई व्यवाहारमा उतार्न र व्यवशायीक कृषक बन्न प्रमुख भोजराज बोहराले आग्रह गरेका छन ।

प्रशिक्षार्थीहरुलाई बेमौसमी तरकारी वाली उत्पादनका लागि आवश्यक पर्ने आधारभूत ज्ञान र सीपहरु प्रदान गरिने तथा आर्थिक लाभ पनि प्राप्त गरिने  बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले बताईन । उक्त तालिममा बिभिन्न समुदायका महिला पुरुषहरुको सहभागिता रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech