शनिवारदेखि २ दिने क्षमता अभिबृद्धि एवम् नेतृत्व विकास तालिम शुरु

शाख न्यूज    प्रकाशित: २०७९-३-११ गते   ५१७ पटक हेरिएको

कंचनपुर ११ असार — कंचनपुरको वेदकोट नगरपालिकामा दलित जनप्रतिनिधि र अगुवा दलित महिलाहरुका लागि २ दिने क्षमता अभिबृद्धि एवम् नेतृत्व विकास तालिम शुरु भएको छ । वेदकोट नगरपालिकाको सहयोगमा सामुदायिक महिला तथा बालबालिका विकास केन्द्र, नेपालको आयोजनामा दलित जनप्रतिनिधि र अगुवा दलित महिलाहरुका लागि २ दिने क्षमता अभिबृद्धि एवम् नेतृत्व विकास तालिम शनिवारदेखि सुरु भएको हो । सो तालिम शनिबार र आईतबार २ दिनसम्म हुने भएको छ ।   उक्त तालिम वेदकोट नगरपालिका का उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यतामा संचालन भएको हो । त्यस्तै गरि बिशिष्ट अतिथिमा बेदकोट नगरपालिका वडा नं.६ का वडा अध्यक्ष मोहन र्गुधामी रहेका थिए । 
तालिमको उद्घाटनमा बोल्दै नेतृत्व तहमा रहेका दलित जनप्रतिनिधि र अगुवा दलित महिलाहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको र स्थानिय तहको  विकास र प्रवर्धनका क्षेत्रमा दलित जनप्रतिनिधि र अगुवा दलित महिला मार्फत विकासका काममा अगाडि बढ्नमा सहयोग मिल्ने उपप्रमुख जोशीले बताइन । तालिममा सहभागिहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा समेत उपप्रमुख जोशिले जोड दिएकी छिन । उक्त तालिमको उद्घाटन कार्यक्रममा कञ्चनपुरको वेदकोट नगरपालिकाका दलित जनप्रतिनिधी र दलित  अगुवा महिलाहरु, समाजसेवी , बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech