बर्दिया ०९ असार - बर्दियाको बाँसगढी नगरपालिकाको निति तथा कार्यक्रम पारित भएको छ । बिहिबार देखी सुरु भएको ११ औँ नगर सभाको पहिलो बैठकमा प्रस्तुत निति तथा कार्यक्रम छलफल पछि नगर सभाले बहुमतले पारित गरेको हो । बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आर्थिक बर्ष २०७९।०८० को निति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेका थिए । नगरबासीहरुको जीवन सुधार गर्न तथा भौतिक विकास र आर्थिक समृद्धिको अपेक्षा पुरा गर्न सुशासन कायम गर्दै अघि बढ्ने संकल्प सहितको निति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरिएको थियो । निति तथा कार्यक्रमममा शिक्षा र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पशु, स्वास्थ्य, वन वातावरण खानेपानी तथा सरसफाई, भौतिक पुर्वाधार, महिला बालबालिका तथा समाजकल्याण, उद्योग, वाणिज्य तथा रोजगार तथा पर्यटन, विपद व्यवस्थापन लगायतका क्षेत्रको विकासका लागि निति तथा कार्यक्रममा आवश्यक निति अबलम्बन गरिएको छ । नगर प्रमुखले प्रस्तुत गरेको निति तथा कार्यक्रम छलफल पछि बिहिबार नै पारित समेत गरिएको छ । नगर सभाको अर्को बैठक शुक्रबार १ बजे बस्ने र बैठकमा आर्थिक बर्ष २०७९।०८० को बजेट प्रस्तुत गरिने कार्य सुची रहेको बाँसगढी नगरपालिकाले जनाएको छ ।