प्रदेश सरकारले समेट्यो भिमदत्त नगरपालिका वडा नं. १४ को बिभिन्न योजना

शाख न्यूज    प्रकाशित: २०७९-३-९ गते   ३२६ पटक हेरिएको

महेन्द्रनगर ०९ असार - कंचनपुर स्थित भिमदत्त नगरपालिका वडा नं. १४ को बिभिन्न योजना प्रदेश सरकारले समेटेको छ । वडा अध्यक्ष भोजराज जोशीले सुदुरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र माग अनुसार प्रदेश सरकारले आर्थिक बर्ष २०७९—८० का लागि महत्वपूर्ण बिकास निर्माणका योजना छनौट गरेको छ ।  
वडा नं. १४ स्थित बनकट्टी महाकाली टोलको बैजनाथ आधारभुत बिद्यालय देखि महाकाली टोलको भित्री बाटो निर्माणका लागि रु १५ लाख , सिता टोल सृजना टोलको सिमामा वडा कार्यालय भवन , बाटो, निर्माण नाला, ढल , कलर्भटका लागि रु १२ लाख , भक्त खड्काको घर देखि देव दमाईको घर सम्म १५ सय मिटर बाटोमा ढल निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिएका छन । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech