प्रेम सिंह एस.के.
नेपालगन्ज ०९ असार - नेपालगन्ज उपमहानगरपालिकाले आजको ११औं नगरसभामा आर्थिक बर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । ११ औं नगरसभामा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभा भएको थियो । नगर प्रमुख विष्टको सभाध्यक्षतामा भएको नगर सभामा नेपालगन्ज उपमहानगरपालिका सबै जनप्रतिनिधिहरु उपस्थिति भएका थिए ।
उपमहानगरपालिकाले आर्थिक बर्ष ०७९/०८० का लागि १ अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका हुन् ।
सो नगरसभामा निति तथा कार्यक्रम र बजेट बिबादास्पदरुपमा प्रस्तुत गरिएको उपस्थित भएका जनप्रतिनिधहरुले बताएका छन । बार्षिक निति तथा बजेट प्रस्ताव सम्बन्धमा वडामा निर्वाचित अध्यक्ष , सदस्यहरु संग छलफल नगरि एकतर्फी रुपमा पारित भएको घोषणालाई अस्वीकार गरि केही जनप्रतिनिधिहरु सभाबाट बाहिरिएका थिए । प्रमुखको हस्ताक्षर नभएको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको हुँदा उपस्थित जनप्रतिनिधिहरुले बिरोध समेत गरेका थिए ।