कंचनपुर ०८ असार - बेदकोट नगरपालिकाद्धारा ११औँ नगर सभा बुधबार देखि शुरु गरिएको थियो ।
११ औँ नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी आर्थिक बर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानको समस्यालाई मध्यनजर गर्दै नगरमै कम्पोष्ट मल कारखाना स्थापनाको योजना बनाएका छन । प्रदेश सरकारसंगको सहकार्यमा नगरका किसानलाई समयमै मलखाद उपलब्ध गराउनका लागि मल कारखाना खोल्ने , दैजी औद्योगिक क्षेत्रमा उद्योग स्थापना र विकास गर्न आवश्यक पहल गर्ने, बाँकी रहेका कामलाई सम्पन्न गर्ने उनले बताएका छन ।
त्यस्तै गरि एक घर एक करेसाबारी, ‘हरियो नगर, भलमन्सा, बडघर परम्परा संरक्षण सम्र्बद्धन, नगरको राजस्व सम्भावना खोजी तथा पहिचान गरी स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग मार्फत नगरको सम्बृद्धिका लागि राजस्व सम्भाव्यता अध्ययन, भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गरी लालपुर्जा वितरण गरिनेछ प्रमुखले जानकारी दिएका छन ।
सडक कालोपत्रे, खेलकुद विकास, शिक्षा, पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य विकास, समाजिक सुरक्षा भत्ता वितरण प्रणाली, विपन्नको स्तरबृद्धि, बजारीकरण, विपन्न महिला, नागरिकलाई तालिम दिने , दैजीमा १५सैयाको अस्पताल निर्माण, भूउपयोग नीति तर्जुमा कार्यान्वयन गरिने , पर्यटन विकास लक्षित वर्गका कार्यक्रमलाई निरन्तरता समेत दिने प्रमुख बोहराले भनेका छन ।
नगर सभामा उप प्रमुख तुलसी जोशीले आर्थिक बर्ष २०७९-०८० का लागि ९८ करोड २२ लाख ३८ हजार बराबरको बजेट प्रंस्तुत गरेकी छिन । आन्तरिक आयतर्फ २ करोड ५० लाख खर्च नभएको सहित ८ करोड विनियोजन गरिएको छ । चालु तर्फ ७१ करोड ५३ लाख , पुजीगत तर्फ २६ करोड, ६८ लाख प्रस्ताव गरिएको छ ।
वडाबाट छनौट भएर आएका योजनाहरुमा ६ करोड ३२ लाख विनियोजन गरिएको छ । कोरोना रोग नियन्त्रणका लागि १ करोड, आवश्यक पूर्वाधार विकास ऐनले निर्देशित गरेका अन्य कार्यका लागि २ करोड, १० लाख, स्वास्थ्य, शिक्षा, पशु, कृषिर्, वन एंव महिला विकास तर्फ २ करोड ३० लाख विनियोजन गरिएको छ ।
