नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं २ द्वारा जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान

शाख न्यूज    प्रकाशित: २०७९-३-७ गते   ३४७ पटक हेरिएको

कञ्चनपुर ०७ असार - नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं २ द्वारा स्थानीय तह निर्वाचन २०७९ मा कञ्चनपुर क्षेत्र नं २ का नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रम मंगलबार भएको थियो । आयोजित  कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं पूर्व मन्त्री नेता एन पी साउँद , संविधान सभा सदस्य बहादुर सिंह थापाको बिशिस्ट अतिथि रहेका थिए । सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एन.पी. साउँदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष)बाट विस्थापितहरुको समस्या समाधान गर्ने आश्वासन दिएका छन्। नेता साउँदले नयाँ आयोग गठन गरेर समस्या समाधान गरिने समेत बताएका छन् ।  
सुकुम्बासीलाई भूआयोगमार्फत जग्गा दिने पनि बताए। ‘जिल्लाभित्र भूमिहीनलाई आयोगमार्फत लालपूर्जा पनि वितरण गर्छौं। यही सरकारले जग्गा दिन्छ,’ उनले भने।  

उनले भ्रष्टाचार नगर्न र जनताको पक्षमा अनुशासित भएर वास्तविक काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए। त्यस्का साथै पुराना तिक्तता मेटाई पार्टीमा एकता गरेर अघि बढ्न उनले नेता कार्यकर्तालाई अनुरोधसमेत गरेका थिए। बि.सं.२०२४ साल पुर्व देखि बसोबास गर्दै आईरहेका किसानहरुको गाउँहरुलाई आरक्ष क्षेत्र भित्र सिमाङ्कन गरि बि.सं.२०५८ सालमा राज्यद्वारा बिस्थापित गरिएको थियोे । उचित ब्यबस्था नै नगरि तथा सट्टाभर्ना र क्षतिपूर्ति नै नदिएर बिचल्लीमा पारिएको थियोे।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech