उन्नत बुंगर पालन क्षमता अभिवृद्धि अभिमुखीकरण तालिम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-३-६ गते   ३८८ पटक हेरिएको

बाँके : राप्ती सोनारीका किसानहरुलाई उन्नत बुंगर पालन क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको छ । व्यावसायिक कृषक सञ्जाल नेपालको आयोजना र भेटेनरी तथा पशुविज्ञ केन्द्र नेपालगन्ज बाँकेको सहयोगमा किसानलाई उक्त तालिम दिइएको हो । राप्ती सोनारीको अगैयामा किसानलाई तीन दिनसम्म उन्नत बुंगर पालन क्षमता अभिवृद्धि अभिमुखीकरण तालिम दिइएको थियो । तालिम समापनका क्रममा आइतबार राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु लगायतले प्रमाणपत्र समेत वितरण गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech