ममता थापाले खोलिन नेपालगन्जको न्युरोडमा अनन्या बुटिक

शाख न्यूज    प्रकाशित: २०७७-४-१४ गते   २९३ पटक हेरिएको

नेपालगन्ज १४ गते साउन - पुर्व मिस नेपालगन्ज २०१२ को फस्ट रनरअफ ममता थापाले नेपालगन्जको न्युरोडमा बुटिक संचालनमा ल्याउनुभएको छ । पुर्व मिस नेपालगन्ज तथा संचारकर्मी समेत रहेका ममता थापा नेपालगन्जको न्युरोडमा अनन्या बुटिक संचालनमा ल्याउनुभएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले सोमवार एक कार्यक्रमका विच अनन्या बुटिकको रिवन काटेर उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर थापाले व्यवसायमा लगानी गर्नु आफैमा गर्बको कृुरा रहेको बताउनुभयो । अहिलेका युवापुस्ताले विदेशका खाडी मुलुक जानुभन्दा आफ्नै देशमा पसिना बगाएर केही गर्न सके देशकै उन्नति हुने उहाँले जानकारी गराउनुभयो । अनन्या बुटिकका सन्चालक समेत रहेका ममता नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत हुनुहुन्छ । पछिल्लो समय युवापुस्ता र हरितालिका तिजलाई मध्यनजर गर्दै बुटिक संचालनमा ल्याएको उहाँले बताउनुभयो । अव व्यवसायलाई निरन्तरता दिने उहाँले जानकारी गराउनुभयो । ग्रहाकलाई चाहे अनुसारको सेवा सुविधा दिन हामी तत्पर रहेको बुटिकका संचालक थापाले जानकारी गराउनुभयो । ग्रहाकको रोजाई अनुसारको डिजाईका साथमा सेवा प्रवाह गर्ने थापाले बताउनुभयो । 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech