भुत पूर्व प्रहरी कर्मचारी बेदकोट नगर कमिटीद्वारा प्रमुख र उपप्रमुखलाई सम्मान

शाख न्यूज    प्रकाशित: २०७९-३-५ गते   ४४१ पटक हेरिएको

कंचनपुर ०५ असार - कंचनपुर स्थित बेदकोट नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि आइतबार सम्मान, बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।
भुत पूर्व प्रहरी कर्मचारी बेदकोट नगर कमिटीको टिमद्वारा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको हो । 
उक्त कार्यक्रममा बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा , उपप्रमुख तुलसी जोशीलाई सम्मानका साथै बधाई दिएका छन । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech