नेपालगन्ज ०५ असार - राप्तीसोनारी गाउँपालिकाले गाउँ शिक्षा समितीमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मनोनीतका साथै जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ। गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले विभिन्न बिधालयका व्यवस्थापन समितिका अध्यक्ष,शिक्षा प्रेमी, समाजसेवी र सामुदायिक विधालयका प्रधानाध्यापकहरु मध्येबाट जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्यका लागि सिफारिसका साथै गाउँ शिक्षा समितिमा मनोनित गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा प्रमुख एबम गाउँ शिक्षा समितिका सदस्य सचिव जीवन न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार जिल्ला शिक्षा समितिका लागि सिफारिस हुनेमा राप्तीसोनारी वडा नम्बर २ स्थित सहिद स्मारक आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष मदन कुमार वली रहेका छन्।त्यस्तै गाउँ शिक्षा समितिमा महिला सदस्यका राप्तीसोनारी वडा नम्बर ९ की शिक्षा प्रेमी खुमा डाँगी , समाजसेवी समेत रहेका वडा नम्बर ३ की सुधा चौधरी र वडाँ नम्बर ४ की विश्नु विकलाई मनोनित गर्ने निर्णय गरेको न्यौपाने जानकारी दिएका छन् ।
त्यस्तै शिक्षा समितिले सामुदायिक विधालयबाट प्रतिनिधित्व हुने गरि वडा नम्बर २ स्थित लक्ष्मी माध्यमिक विधालयका प्रधानाध्यापक लक्ष्मण आचार्यलाई मनोनित गर्ने निर्णय गरेको न्यौपानेले बताए। बैठकमा गाउँपालिका अध्यक्ष पौडेल , आमन्त्रित सदस्य उपाध्यक्ष मनिषासिंह थारु, समितिका सदस्यहरु मिनराज खड्का (सन्तोष),सुमित्रा थारु र शिक्षा शाखा प्रमुख एबम समितिका सदस्य सचिव न्यौपानेको उपस्थिति रहेको थियो।