ज्यान गुमाएका साउदका परिवारलाई सुदुर पश्चिम सेवा समाज युएई द्वारा सहयोग

शाख न्यूज    प्रकाशित: २०७९-३-५ गते   ५१५ पटक हेरिएको

कंचनपुर ०५ असार - वैदेशिक रोजगारीको सिलसिलमा युएईमा ज्यान गुमाएका कंचनपुरका खडक साउदको परिवारलाई सुदुर पश्चिम सेवा समाज युएईले सहयोग गरेको छ । सुदुर पश्चिम सेवा समाज युएई (२०१५) द्वारा आइतबार आर्थिक सहयोग तथा  हस्तान्तरण कार्यक्रम कंचनपुर स्थित बेदकोटमा सम्पन्न भएको छ । 
रोजगारीको शिलशिलामा युएईमा ज्यान गुमाएका बेदकोट नगरपालिका वडा नं. ०४ बगुनका स्व• खडक साउद प्रती भावपुर्ण श्रद्धाञ्जली र शोक सभा तथा मृतकका परिवारलाई सान्त्वना स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा मृतकका परिवारलाई  सुदुर पश्चिम सेवा समाज युएई(२०१५) ले रु २ लाख सहयोग गरेको छ  । बेदकोट नगरपालिकाका तर्फबाट सान्त्वना स्वरुप रु २५ हजार सहयोग गर्ने नगर प्रमुख भोजराज बोहराले  प्रतिबद्धता जाहेर गरेका छन ।विगत लामो समय देखि क्रियाशिल सुदुर पश्चिम सेवा समाज युएईले युएईमा कार्यरत समस्यामा परेका सुदुरपश्चिमका नागरिकलाई सहयोग गर्दै आइरहेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech