अनावश्यक पार्किङ गरे गाडीमा लक 

शाख न्यूज    प्रकाशित: २०७७-४-१४ गते   ४२८ पटक हेरिएको

नेपालगन्ज १४ साउन- अनावश्यक पार्किङ गरेको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाउन सुरु गरेको छ । बा“केका विभिन्न स्थानमा अनावश्यक पार्किङ राखेको गाडीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बा“केले मंगलवारदेखि ह्विल लक लगाउन थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बा“केले मंगलवार जिल्ला प्रहरी कार्यालय बा“केका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना र जिल्ला ट्राफिक प्रहरी कार्यालय बा“केका प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र बहादुर बमले एक कार्यक्रमका विच ह्विल लकको उद्घाटन गर्नुभएको हो । उद्घाटनकै दिन ८ वटा अनावश्यक पार्किङ राखेका गाडीमा लक लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बा“केका प्रहरी नायव निरिक्षक भरत प्रसाद पौडेलले जानकारी गराउनुभयो । डवल पार्किङ राखेका ट्रक, कार, मोटरसाइकल, अटो रिक्सा लगायतका सवारी साधानमा लक लगाउने कार्य सुरु भएको प्रहरी नायव निरिक्षक पौडेलले बताउनुभयो । ट्राफिक व्यवस्थापनलाई अझ चुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी सक्रिय रुपमा लागेको उहा“ले जानकारी गराउनुभयो । पहिलो दिनमै ८ वटा गाडीमा लड लगाई ७ हजार ५ सय राजश्व संकलन भएको उहा“ले जानकारी गराउनुभयो । अनावश्यक पार्किङमा राखेका गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उहा“ले बताउनुभयो । ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ,’ प्रहरी नायव निरिक्षक भरत प्रसाद पौडेलले भन्नुभयो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech