बाँके ०३ असार - राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु विभिन्न योजनाको अनुगमन गर्न सक्रिय भएकी छन । गाउँपालिकाको अनुगमन समितिको संयोजक समेत रहेकी उनी विभिन्न वडाहरुमा पुगेर अनुगमन गरिरहेकी छिन ।
चालू आर्थिक वर्ष २०७८/७९ मा निर्माण कार्य सम्पन्न भइसकेका र निर्माण कार्य चलिरहेका योजनाहरुको स्थलगत अनुगमन गरेकी हुन । अनुगमन गर्ने क्रममा शुक्रबार मात्रै वडा नम्बर १ र ५ का विभिन्न खालका योजनाहरुको अनुगमन गरेको उपाध्यक्ष मनिषाले जानकारी दिइन ।
"म आफै पुगेर योजनाको अनुगमन गरिरहेकी छु," उनले भनिन । उपाध्यक्ष संगै गाउँपालिकाका प्राविधिक तथा कर्मचारी पनि उपस्थित हुने गरेका छन । त्यसका साथै योजानाहरुको अनुगमनमा योजना शाखा प्रमुख बालानन्द पौडेल, प्राविधिक शाखा प्रमुख(इन्जिनियर) यथेस्ट पुन लगायत पनि सहभागी भएका छन ।